(चैत्र ४, काठमाडौं) । नेपालको चर्चित रियालीटी शो नेपाल आइडका वुद्ध लामाले पहिलो गीत तिमी साथ भएपछि भन्ने बजारमा ल्याएका छन् ।
नेपाली गजल गीत तिमी साथ भएपछिमा निर्देशक अजुर्नन अधिकारी, उत्सव दाहालको छयाङ्कन, सम्पादन उत्सव घिमिरे, शुरेश वाक्लेको शब्द रहेको यो गीतमा कम्पोज हरी लम्सालले गरेका छन् । उक्त म्युजिक भिडियोमा मुख्य भुमिका पल शाह र आचल शर्माको रहेको छ ।
गरिव तथा जेहेन्दार परिवारका लामा नेपाल आईडमा आएसँगै नेपाली संगीत क्षेत्रमा मात्र नभई विश्वमा एक होनोहार गायकको रुपमा परिचित भएका छन् । गला, कला, स्वरका धनी वुद्धले तिमी साथ भएपछि गीतको वोलसँगै आगामि दिनमा निरन्तर आफ्नो गायन कलालाई दर्शकको माझामा ल्याउने आशा आम नेपाली दर्शकहरुको रहेको छ ।
भिडियो
No comments:
Post a Comment