
भनिन्छ, नारी सृष्टिका मुहान हुन् । नारीभित्र पुरुषमा भन्दा बढी कोमलता, संदेनशीलता एवं सहनशीलता पाइन्छ । हाम्रो जस्तो पुरुषप्रधान देशमा नारीको स्थान अझै पनि नाजुक र पीडादायक छ । कहिले दाइजोको निहुँ, कहिले छोरा नजन्माएको निहुँ त कहिले बोक्सीको आरोपजस्ता सामाजिक कुसंस्कारको पक्षमा लागेर मटीतेल खन्याएर आगो लगाउने, मरणासन्न हुने गरी कुटपिट गर्नेजस्ता अनेकौं यातना दिने चलन हाम्रो समाजबाट उन्मूलन हुन सकेको छैन । महिलाहरू आफूमाथि हुने यी सबै अत्याचारलाई पनि सम्बन्ध टिकाउनकै लागि वा इज्जत बचाउनकै लागि भनेर चुपचाप सहन बाध्य छन् । यस्ता यातनाका विरुद्धमा आवाज उठाए वा सम्बन्धविच्छेद गरे समाज उनैलाई दोषी देखाएर अनेक लाञ्छना लगाउन पनि पछि पर्दैन ।
एउटै कोखबाट जन्मिएका छोरा र छोरीमा पनि जन्मिएदेखि नै विभेद गर्न थालिन्छ । अझ जन्म दिने आमा जसले दुवैलाई उत्तिकै प्रसव पीडा सहेर जन्माएकी हुन्छिन् उनैले समेत विभेद गर्नु अचम्मलाग्दो छ । यसो हुनुमा उनको मात्र नभएर हाम्रो संस्कृति, सामाजिक मूल्य-मान्यता आदिको पनि दोष छ । ग्रामीण परिवेशमा हेर्ने हो भने अझै पनि छोराहरूलाई स्कुल पठाएर छोरीहरूलाई घरधन्दामा सीमित राखिएको पाइन्छ । उनीहरूभित्र भएका सिर्जना, प्रतिभा एवं जाँगरलाई कुण्ठित गरिन्छ । छोरीहरूलाई पनि शिक्षा र अवसर दिने हो भने उनीहरूमा मदर टेरेसा, फ्लोरेन्स नाइटिङ्गेल, इन्दिरा गान्धी, बेनजिर भुुट्टो बन्न सक्ने क्षमता छ ।

नारीले परिवारको मान, मर्यादा र इज्जतका लागि आफूभित्र भएका रहर र चाहनाहरूलाई थाती राखेका हुन्छन् । राजनीतिक, आर्थिक एवं सामाजिक रूपमा महिलाहरूको पहुँच निकै कम छ । महिलामाथि ठूलो सामाजिक अन्याय भैरहेको छ । तथापि आफूले भोग्दै आएका यातना, दुःख र पीडाहरू अन्य नारीले भोग्नु नपरोस् भन्ने किन सोच्दैनन् उनीहरू ? यहाँ मानवताको कुरा एकातिर छ भने नारित्वको कुरा अर्कातिर छ । एउटा पुरुष विवाहित हो भन्ने कुरा थाहा हुँदाहुँदै अर्की नारीको खुसी खोस्न भित्रिन्छन् नयाँ बेहुली बनेर, त्यसैलाई संसारको सबैभन्दा ठूलो जित सम्झँदै । यहाँ कसको जित अनि कसको हार भएको हो ? के दुवै नारी नै होइनन् ? आफ्नो खुसीका लागि अर्की नारीको खुसीमा आगो लगाउनु नै नारी हुनुको परिचय हो ? किन सोच्दैनन् आफूलाई त्यो ठाउँमा
राखेर ? यतिसम्म कि आफ्नै कारणले गर्दा अर्की नारीले पाएको वेदना र चित्कारलाई रमाइलो मानेर हाँस्दै आफ्नै परिचयको खिल्ली उडाएको देख्दा अचम्म लाग्छ । सासूले बुहारीप्रति गर्ने व्यवहार होस् वा बुहारीले सासूप्रति गर्ने व्यवहार धेरै ठाउँमा नारीको विपक्षमा नारी नै उभिएका छन् । एउटी नारीको अस्मिता लुटिनुमा पनि नारीकै हात रहेको पाइन्छ । नारीलाई बेच्ने काममा समेत नारीहरू नै अग्रपंक्तिमा छन् । एउटी नारीलाई बेचेर आफू मस्ती गर्ने नारी कस्ती नारी ?
बाटोघाटो, कार्यालय वा अन्य ठाउँहरूमा बरु पुरुषहरूले नारीलाई सहयोग गरेका उदाहरण प्रशस्तै भेट्न सकिन्छ तर एउटी नारीले अर्की नारीलाई उदार हृृदयले सहयोग गरेको पाइँदैन । अझै केही गरी अघि बढ्न चाहनेहरूका लागि समेत बाधक बन्ने गरेको पाइन्छ । एउटी नारीको काम र भावनामा साथ र सहयोग पुर्याउनुपर्नेमा बाधक बनेर उभिने यो कस्तो विडम्बना ? समाजमा नारीको यस्तै गल्तीको फाइदा केही पुरुषहरूले उठाएका मात्र हुन् । जब नारीले नै नारीको सम्मान गर्न सकेका छैनन् भने पुरुषहरूले झन् कसरी बुझ्छन् ? उनीहरूले नारीको त्यही कमजोरीको फाइदा उठाएर शोषण गरिरहेका हुन्छन् । नारी-नारीबीच भएको अहम्ले गर्दा सरकारले दिएको ३३ प्रतिशत आरक्षणको पनि सदुपयोग हुन सकेको छैन । शिक्षित र अवसर पाएका नारीहरू त आरक्षणका लागि भनेर आफूलाई निरीह बनाउन खोज्छन् भने शिक्षा र अवसरबाट वञ्चित भएका र अधिकार के हो ? कसरी प्राप्त गर्न सकिन्छ ? देश विकासका लागि आफ्नो भूमिका के हो भनेर नबुझेका नारीका लागि जति नै आरक्षण तथा अधिकारका कुराहरू गरे पनि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भन्ने बाहेक के हुन सक्छ ?

जबसम्म नारीले आफूलाई बुझ्न सक्दैनन् तबसम्म नारी अधिकार चाहियो भन्नु बेकार हो । एक-दुई जनाले भन्दैमा सदियौंदेखि चलेको पुरुषप्रधान समाजमा परिवर्तन सम्भव छैन । त्यसैले अधिकार पाउन आफूभित्र भएका अहम् र स्वार्थ त्यागेर सबै नारी एकजुट हुनुपर्छ तबमात्र नारी अधिकारको आवाज सार्थक हुनेछ जुन आजको अपरिहार्य आवश्यकता पनि हो ।
श्रीमान्-श्रीमतीको भूमिकामा परिवर्तन आवश्यक
अशोक र प्रतिमा श्रीमान्-श्रीमती हुन् । उनीहरू दुवैको पेसा नोकरी हो । कलेज सकिएपछि प्रतिमा सधैंजसो छोरालाईर् स्कुलबाट लिएर पाँच बजे घर पुग्छिन् र छोरालाईर् खाजा ख्वाएर खेल्न पठाउँछिन् । थकाइ अनुभव भए पनि भान्साभित्र गएर बिहानका भाँडा सफा गरी खाना बनाउन थाल्छिन् । खाना पकाउँदा पनि उनको ध्यान भोलिको लेक्चरतिर हुन्छ, कलेजमा परीक्षा नजिकै थियो र कोर्स पनि पूरा भएको थिएन । उनलाईर् एकदिन अशोकलाईर् छोराको गृहकार्य गराउन भनेर आफू भोलिको लेक्चर तयार गर्छु भन्ने विचार पलाईो । साढे पांँच बजेतिर अशोक अफिसबाट आए । भित्र पस्नासाथ हातको व्याग प्रतिमालाईर् राख्न दिए, अफिसको लुगा फुकाल्ोर बाहिर जान लुगा लगाउदै चाँडै खाजा ल्याउने आदेश दिए र घुम्न जाने कार्यक्रम भएकाले आठ बजे नै खाना तयार गर्न भने । प्रतिमा सबै आदेश सुन्दै गइन्, कुनै प्रतिवाद गरिनन् । आप्ाmनो समस्या आप्fmैसँग लिएर फेरि भान्सामा पसिन् र लामो सास फेर्दै खाना बनाउन थालिन् । अशोकसित सहयोगको आशा गर्नु निरर्थक भएको बरू आग्रह विवादमा परिणत हुने सम्भावना बढी हुने कुरा उनलाईर् थाहा थियो ।
नीला र गगन दुवै बेग्लाबेग्लै अफिसमा काम गर्छन्, नीला चार वषर्ीय सन्तानकी आमा पनि हुन् । उत्साह एवं जीवन्तताले पूर्ण उनको व्यक्तित्वले नै उनको प्रसन्नताको अभिव्यक्ति दिन्छ । उनी दिनभरिको कार्य समाप्तिपछि छोरासँगै बसेर गगनलाईर् कुरिरहेकी हुन्छिन् । गगन आएपछि उनीहरू घर जान्छन् । गगन छोरालाईर् लुगा फुकाल्न सहयोग गर्छन्, नीला खाजा तयार गरेर ल्याउँछिन् । तीनैजना सँगै बसेर आनन्दका साथ खाजा खान्छन् । पछि छोरो खेल्न जान्छ । गगनले भान्सामा नीलालाईर् सहयोग गर्छन् ।
यी दुई उदाहरण औसत आधुनिक दम्पतीका हुन्, पहिलोमा नारी आहत, थकित र तनावपूर्ण छिन्, अर्कोमा नारी प्रसन्न, आनन्दित, सम्मानित र पुरुषको समकक्षी भएको स्थिति छ । नेपाली समाजमा पछिल्लो स्थितिको प्रतिशत एकाध मात्र होला जबकि ९९ प्रतिशत परिवारको अवस्था प्रतिमा र अशोकको जस्तै छ ।
भन्नका लागि विवाह संस्थामा मौलिक परिर्वतन नभए पनि व्यावहारिक रूपमा धैरै परिवर्तन भैसकेको छ । सूचना, शिक्षा, प्रविधि, ज्ञान आदिले विवाहको पारम्परिक स्थितिमा, वर-वधूको चयनमा परिवर्तन आएको छ, आज डेढ दुई दशक पहिलेको जस्तो स्थिति छैन, पहिले माता, पिता र परिवारका पाका सदस्य मिलेर जीवनसाथी चयन गरिन्थे, अधिकांश दम्पतीले जीवनसाथीको अनुहार विवाह भएपछि मात्र हेर्न पाउँथे । बेमेल विवाहमा अथवा आपसी सम्बन्धमा विरोधी स्वभाव भए पनि वा दाम्पत्य जीवनमा केही वितृष्णा भए पनि खुल्ला चुनौती दिने हिम्मत विरलै भेटिन्थ्यो । विवाहकोे अर्थ थियो, ईश्वरको आदेश, निर्वाहको पर्यायवाची ।

आधुनिक समयमा स्थिति र दृश्य त्यस्तो रहेन । आजको पुस्ता विवाहलाईर् जीवनभर निर्वाह गर्ने बाध्यता अनुभव गर्दैन, अब विवाह कायम राख्ने उत्तरदायित्व दुवै पक्षका लागि हो । त्यसैले आजको युगमा पुरुषको भूमिकामा परिवर्तन नितान्त आवश्यक छ । श्रीमान्ले परिवारका लागि आर्थिक संसाधन जुटाएर मात्र कर्तव्य पूरा हुँदैन किनभने आजका नारी पनि आप्ाmनो परम्परागत भूमिकामा सीमित छैनन्, उनीहरू कामकाजी भएका छन् । श्रीमतीहरू आफ्नो माग र आवश्यकताका सम्बन्धमा सचेत हुँदैछन् । आजका नारीलाईर् सन्तान र मातृत्वमा सीमित गृहिणीको पद न त स्वीकार छ न आवश्यक । यसबाट श्रीमान्-श्रीमतीकोे व्यवहारमा परिवर्तन देखा पर्नुका साथै सम्बन्धमा खटपटी पनि देखा परेको छ । विवाह गर्नुभन्दा पहिलेको अपेक्षा र वास्तविकतामा आकाश र धरतीझैं विशाल अन्तर हुने हुनाले श्रीमान्-श्रीमती सधैं आफूलाईर् ठगिएको महसुस गर्छन् । कतिपय स-साना कुरा पनि कालान्तरमा ठूलो संर्घषको कारण बन्न सक्छ । एक-अर्काको आवश्यकतालाईर् महत्व नदिनु, भावनात्मक रूपले एक-अर्काको उपेक्षा गर्नुले वैवाहिक जीवनमा कलह, कटुताका साथै निराशा उत्पन्न गर्छ । त्यसैले वैवाहिक सम्बन्धलाईर् नयाँ ढंगले परिभाषित गर्नुपर्ने आवश्यकता छ ।
श्रीमान्-श्रीमतीलाईर् यो सत्य थाहा हुनु नितान्त आवश्यक छ कि जीवनसाथी भए पनि प्रत्येक व्यक्तिको निजी जीवन हुन्छ । कोही कसैको जीवनलाईर् कतिसम्म साथ दिन सक्छ ? श्रीमान्-श्रीमती दुवैले योे सत्य मनन गर्नुपर्छ । एक-अर्कामाथि इच्छापूर्तिको उत्तरदायित्व थोपर्नु एक हदसम्म मात्र युक्तिसंगत छ, न श्रीमान् नै कल्पवृक्ष हो, न श्रीमती नै कामधेनु कि एक-अर्काको हरेक इच्छापूर्ति गर्न सकून् । हाम्रो समाजमा प्रत्येक सम्बन्ध मानवीय कारणले नभै दैवीय रंगढंगमा बढी चित्रण भएको देख्छौं । आमा ममताकी देवी, पिता देवता, श्रीमान् परमेश्वर आदि । हरेक सम्बन्धलाईर् महिमामण्डन गरिएको छ । यस्तै श्रीमान्-श्रीमतीलाईर् पनि साधारण मनुष्यका रूपमा हेर्न हामी अभ्यस्त छैनौं, जीवनको प्रत्येक पक्षलाईर् जबसम्म्ा भोगिँदैन तबसम्म न त परिपक्वताको आशा गर्नु उचित हो न पूर्णताको । हामी हाड, मासु, इच्छा, कामनाले बनेको व्यक्तित्व लिएर धरतीमा जीवन बिताउन आउँछौं र गल्तीबाट सिक्दै जीवन संघर्ष गर्छाैं । तथापि हामी प्रत्येक सफलता असफलतालाईर् पुरुषको उपलब्धिसँग तुलनात्मक रूपमा हेर्न अभ्यस्त छौं । नारीको प्रत्येक सफलता, नाफा-नोक्सान र उपलब्धिको ब्यारोमिटर वा कसी आज पनि पुरुष नै हो किनभने पुरुषलाईर् हामी नारीको तुलनामा आत्मनिर्भर र सक्षम मान्छौं । यद्यपि आत्मनिर्भर भ्रामक शब्द हो किनभने आध्यात्मिक स्तरमा वा मानसिक स्तरमा आत्मनिर्भर बन्न्ाु वा भावनाहरूलाईर् अनुशासनमा राख्ने प्रयासबाट सम्भव छ, तर भौतिक संसारमा कोही पनि आत्मनिर्भर छैन । प्राणी जगत्मा आत्मनिर्भरताको सिद्धान्त धेरै समीचीन छैन, आजसम्म कुनै पनि जीवको रचना पूर्णताको उदाहरण भएर देखा परेको छैन । त्यसैले न पुरुष आत्मनिर्भर छ, न नारी ।

परस्परको प्राकृतिक नियमले नै दुवैको उत्पत्ति भएको हो र यही सिद्धान्तमा समाजको संरचना पनि कायम छ । जसरी पुरुष एउटा व्यक्ति हो ठीक त्यसैगरी नारी पनि त एउटा व्यक्ति हो तर विडम्वना-आजसम्म पुरुषले नारीलाईर् व्यक्तिका रूपमा स्वीकार गर्न सकेेको छैन । जुन दिन नारी आफूलाईर् व्यक्तिका रूपमा पहिचान दिलाउन सफल हुन्छिन्, उनको स्वाधीनताको संघर्ष पनि त्यसै दिन लक्ष्यसम्म पुग्नेछ । जब संसारले नारीको ‘व्यक्ति’ रूपलाईर् स्वीकार गर्छ तब उनको शोषित, अशोषित स्वरूपलाईर् लिएर विवाद गर्ने ठाउँ रहँदैन । नारीलाईर् अबला र सबलाका विपरीत ध्रुवहरूमा केन्दि्रत गर्ने कुनै बाध्यता पनि हुँदैन । यस्तो स्थितिमा न त दयाको आवश्यकता छ, न कसैलाईर् आफूभन्दा हीन मान्नु आवश्यक ।
यो उपाय सजिलो छैन । यसको धेरै दायित्व आजको बौद्धिक, इलिट, उदार र आधुनिक पुरुषवर्गमा छ । आखिर कहिलेसम्म्ा पुरुष पुरातनपन्थी सोच, पूर्वाग्रह एवं दृष्टिकोणबाट मुक्त हुन सक्दैन ? कहिलेसम्म पुरुषको दृष्टिकोणमा नारी एउटा व्यक्ति बन्दिन ? जे भए पनि समस्याको समाधान खोज्नैपर्छ । आजको दाम्पत्य जीवनलाईर् सुन्दर रूपले निरन्तरता दिन पुरुषको भूमिकामा पनि परिवर्तन होस् र नारीको भूमिकामा पनि । बदलिँदो समयसँगै परिवारको स्वरूप र श्रीमान्-श्रीमतीकोे सम्बन्धको परिभाषा पनि बदलिरहेको छ । त्यसैले दाम्पत्य जीवनलाईर् सही दिशामा डोर्याउन श्रीमान्-श्रीमती दुवैको समान सहभागिता आवश्यक भैसकेको छ ।.